काठमाण्डो । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार २०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।