लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ। 

पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना हो। आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रशासरण लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए। 

कूल रु आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप ९भर्टिकल साफ्ट० खन्ने काम सकिएको छ। इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी रहेको छ। इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ। 

आयोजनाको विसं. २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत खरिद सम्झौता ९पिपिए० गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो। विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको जनाइएको छ।

आयोजनामा नविल बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन्। ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ। 

आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र रु २७ करोड लगानी छ। आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा बिद्युत खरिद गर्ने  ९पिपिए० सम्झौता भएको छ।

यसअघि ७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन्।