काठमाण्डौ । हालै सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरी बाँडफाँड गरेको सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफामा ३३.१२ प्रतिशतको संकुचन आएको छ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.२७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १४ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १३ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ।
चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ५ करोड ३० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ७ करोड ६० लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११३.२५ रुपैयाँ रहेको छ।
9 minutes ago
37 minutes ago
55 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago