काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा निष्कासनको दोस्रो दिनसम्म वैदेशिक रोजगारीमा रहेका १ हजार ५७९ नेपालीले आवेदन दिएका छन्।
कम्पनीले हिजो मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि बिक्री खुला गरेको छ।
सीडीएससीका अनुसार आज बुधबार साँझसम्म यो आईपीओमा विदेशमा रहेका १ हजार ५७९ आवेदकबाट कुल २ लाख ११ हजार ९१० कित्ता खरिदका लागि आवेदन दिएका छन्। यो हिसाबले यो आईपीओ १ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
यो आईपीओमा वैदेशिक रोजगारमा रहेकाहरुले आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरुले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारमा रहेका नेपालीले भ।।ने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago