काठमाण्डौ । आज बजार बिहान प्रि–ओपन सेसनमै घटेर नियमित समयका लागि कारोबार खुलेको थियो। पहिलो पाँच मिनेटमा केही अंक बढे पनि बजार आज दिनभर नै बिक्री दबाबमा पर्यो भने अन्तिममा १५ अंकले नै घटेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको कारोबारलाई हेर्दा बजार घटे पनि १९०० माथि नै टिक्नुले बजार मजबुत नै रहेको मान्न सकिन्छ। डेली बेसमा सुपर ट्रेन्डमार्फत हेर्दा बजार अप ट्रेन्डमा नै रहेको देखिन्छ।
डेली बेसमै बोलिंगर ब्यान्डमार्फत हेर्दा पनि मध्य ब्यान्ड माथि–माथि टिकेर कारोबार भएको छ।
डाउ थेउरीमार्फत हेर्दा पनि बजारले एकपटक हायर हाई बनाएपछि हायर लो कन्फर्मेसन गर्दै गरेको देखिन्छ। यदि बजार १८९० भन्दा माथि–माथि नै टिक्छ भने बजारको माथिको यात्रा जीवित नै रहन्छ। तर, त्यहाँभन्दा पनि तल झर्छ भने बजारले नयाँ लोवर लो बनाउन आउँदै गरेको बुझन सकिन्छ।
मनी फ्लो इन्डेक्सबाट हेर्दा भने बजार अझै पनि मजबुत नै रहेको देखिन्छ भने रेखाले ‘डब्ल्यू’ आकार बनाउँदै न्युट्रल जोनमा चलेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
28 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago