काठमाण्डौ । काठमाण्डौको धापाखेलस्थित सुमेरु अस्पतालमा हालै दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।
मिर्गौला प्रत्यारोपण गरिएपछि लाभान्वित भएका बिरामीद्वय र तिनका परिवारजनलाई अस्पतालले बधाइसमेत दिएको छ। ‘एकैपटक मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी र मिर्गौला दिने परिवारका सदस्य गरी ४ जनाको शल्यक्रिया गर्नु निकै चुनौतीपूर्ण कार्य थियो’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, प्रत्यारोपण सफलतापूवर्क सम्पन्न भएको छ।’
ट्रान्सप्लान्ट सर्जन तथा वरिष्ठ युरोलोजिस्ट डा विजयमान सिंह कटवालको नेतृत्व र सिनियर सर्जन डा डीभी कार्की, डा किरणप्रसाद श्रेष्ठ, डा जियाउल हक, नेफ्रोलोजिस्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा ललितकुमार यादव, डा सुमित आचार्य, डा महालक्ष्मी देउजा, डा एजेलिया अमात्य र डा कुमार श्रेष्ठकोे टोलीले ती दुवै शल्यक्रिया संयुक्त रुपमा गरेका थिए।
हालसम्म अस्पतालमा १९ जनाको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको विज्ञप्तिमा जनाइएको छ।
मुलुकको मौजुदा कानुनमा नजिकको नातेदारले मात्र मिर्गौला दान गर्न सक्ने व्यवस्था गरेकोले मिर्गौला दान गर्न इच्छुक आफन्त र मिर्गौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामीबीच मिर्गौला आदानप्रदान गर्न नमिल्ने समस्या कायम छ। तर, कानुनले मिर्गौला पीडित परिवारबीच मिर्गौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा प्रत्यारोपण सक्ने व्यवस्था छ। यस्तो सुविधाबारे धेरै बिरामी तथा परिवारलाई जानकारी नहुने भएकाले जनचेतना आवश्यक रहेको अस्पतालले जनाएको छ।
अस्पतालले हाल विश्वभर मिर्गौला प्रत्यारोपणमा देखिएको प्रमुख चुनौतीका रुपमा दाताको अभावलाई औँल्याएको छ।
10 minutes ago
32 minutes ago
1 hour ago
45 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago