काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम एकैपटक झापाको सुरुंगा, बनेपा र म्याग्दीमा मिति शुक्रबार सम्पन्न भएको छ।

कन्काई क्याम्पस सुरुंगामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख विकास उप्रेतीले र स्वागत मन्तव्य जागरण अभियानका केन्द्रीय सदस्य अम्बरबहादुर चौहानले गरेका थिए। 

कार्यक्रममा बीमासम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए। उपक्षेत्रीय प्रमुख गुन्जन थापाबाट सञ्चालित कार्यक्रममा बीमाको महत्वबारे क्याम्पस प्रमुख विकास उप्रेती र मन्तव्य प्राध्यापक टीकाराम घिमिरेले दिएका थिए। 

त्यसैगरी पिपुल्स बहुमुखी क्याम्पस बनेपामा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अर्को कार्यक्रममा बीमासम्बन्धी प्रशिक्षण रामेश्वर श्रेष्ठले र मन्तव्य प्रमुख अतिथि प्रशासन प्रमुख श्री पुष्पराज कोइरालाले दिएका थिए। उक्त कार्यक्रममा स्वागत मन्तव्य बीमा जागरण अभियानका केन्द्रीय सदस्य विनु कर्माचार्यले गरेका थिए भने कार्यक्रम सञ्चालन बनेपा कार्यालय प्रमुख रिकेश कायस्थले गरेका थिए। 

सोही दिन कम्पनीले भीम मावि म्याग्दी पालिका–५ देवीस्थानमा विद्यार्थी, शिक्षक र समुदायका युवासहित ६० जनाको उपस्थितिमा अर्को कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्तीमगरले गरेका थिए भने प्रमुख अतिथि कम्पनीका क्षेत्रीय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन्। 

कार्यक्रममा स्वागत मन्तव्य बीमा जागरण अभियानका जिल्ला सदस्य तथा स्थानीय जनप्रतिनिधि राजमति पुनले, समिक्षा मन्तव्य शिक्षक दिनेश ढकालले गरेका थिए। कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक डम्बरबहादुर घर्तीमगरले कार्यक्रम प्रभावकारी रहेको एवं आवश्यक विषयमा जानकारी दिएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए।