काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको साझेदारी रहेको चितवनस्थित वेलहोप एग्रिटेक प्रालि नामक दाना उद्योगले नापतौल ठगी गरेको पाइएको छ।
नेपाल गुणस्तर तथा नाप तौल विभागमातहतको नापतौल कार्यालय वीरगन्जका अनुसार यो दाना उद्योगले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा नापतौलमा किसान ठगिएको पाइएको हो। उद्योगले ५० किलो लेखिएको बोरामा ४६ किलोमात्र दाना किसानलाई बिक्री गरेको पाइएको कार्यालयले जनाएको छ।
उद्योगले नापतौलमा ठगी गरिरहेको किसानको उजुरीका आधारमा गत वैशाख १९ गते कार्यालयको टोलीले गएर परीक्षण गर्दा ठगी भएको पाइएको नापतौल कार्यालय वीरगन्जका प्रमुख शशिभूषण यादवले जानकारी दिए। ‘हामीले कम तौल भएका १० बोरा दाना पनि जफल गरेका छौँ’, उनले भने, ‘पीडित किसान र उद्योगका अधिकारीलाई बयानका लागि बोलाएका छौँ तर निषेधाज्ञाले कारबाही प्रक्रिया अगाडि बढाउन सकिरहेका छैनौँ’, उनले भने।
दुवै पक्षको बयान लिएपछि यो ठगी मुद्दा अदालत पठाइने पनि यादवले जानकारी दिए। यदि यो ठगी पुष्टि भएमा कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद हुने कानुनी प्रावधान छ।
यो उद्योग वैद्य अर्गनाइजेसन एन्ड ट्रेडिङ हाउसअन्तर्गतको उत्पादन मुलुक उद्योग हो। अर्गनाइजेसनअन्तर्गत सञ्चालित अधिकांश उद्योगहरुको अध्यक्ष सुरज वैद्य आफैँ रहेको बुझिएको छ।
यो दाना उद्योगमा चाइना लिइनोङ वेलहोप एग्रिटेक सर्भिङ माइन्ड्स प्राइभेट लिमिटेडको पनि स्वामित्व रहेको छ।
18 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago