काठमाण्डौ । लोकप्रिय गायक सुशांत केसीले यस वर्षको टुबोर्ग ओपन अभियानको प्रस्तुतिका रुपमा विश्व विख्यात डिजे डेभिड गुएटाको सर्वत्र हिट ‘गेट टुगेदर’ को आफ्नो नयाँ रिमिक्स सार्वजनिक गरेका छन्। 

उक्त नयाँ ट्रयाक नेपाल भर रहेका दर्शक–स्रोताहरुका लागि https://www.youtube.com/watch?v=QnzQSe6pNVE मा  उपलब्ध गराइएको छ।  

उक्त सहकार्य टुबोर्गको विश्वव्यापी परियोजनाको हिस्सा हो। जसले विभिन्न संस्कृतिका विभिन्न कलाकारलाई एकसाथ ल्याई उनीहरुलाई नयाँ संगीत सिर्जना गर्ने अवसर दिलाउँछ। 

यसैगरी नेपालका प्रख्यात कलाकार सुशांत केसीले गुएटाको प्रख्यात म्युजिकलाई समावेश गरी आफ्नो मिक्स म्युजिक सार्वजनिक गर्दैछन्।  

सुशांत केसी नेपाली संगीत क्षेत्रको एक लोकप्रिय नाम हो। उनी आफ्नो मधुर र आत्मीय गीतहरुको लागि परिचित छन्। यसका साथै उनको आमा, मायामा, साथी जस्तै गीतहरु भावनात्मक र अर्थपूणताका लागि प्रशंसित छ। 

विश्वको सबैभन्दा ठूला डिजेहरुमध्ये एकको साथमा काम गर्ने प्रोजेक्टको बारेमा बोल्दै सुशांतले भने, ‘मैले एक गायक–गीतकारको रुपमा सिर्जना गरेको सबै कुराहरु मेरो उत्कटता समावेश छ। यस्ता उदाहरणहरु पनि छन् जब आफ्नो प्रयासहरुले छुटाउन नहुने अवसरहरु आमन्त्रित गर्दछ। मलाई यो प्रोजेक्ट निकै राम्रो लाग्छ र यसको हिस्सा हुने चाहना पहिलेदेखि नै थियो। अहिले भने साँच्चै त्यो समय आएको छ। म उक्त संगीतको कलाकारको जादुमा थप निखार ल्याउन चाहन्छु, जसले हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्दछ। म केही सुन्दर प्रस्तुती सिर्जना गर्न चाहन्छु।’

डेभिड गुएटा यो सहकार्यबारेमा उत्तिकै उत्साहजनक भएर बोल्दैे भने, ‘मेरो सम्पूर्ण जीवन म मानिसहरुसँग संगीत मार्फत जोडिन प्रयास गरिरहेको छु। चाहे त्यो नयाँ धुनहरु सिर्जनाका साथमा विभिन्न कलाकारहरुसँग सहकार्य गरी वा मेरो लाइभ प्रस्तुतिहरुमार्फत होस्।” 

‘नेपालको प्रचलित कलाकारहरु मध्ये एकले सो ट्रयाक रिमिक्स् गर्ने थाहा पाउँदा म निकै उत्सुक थिएँ। त्यो एक बिल्कुलै नयाँ कलाकारसँग जोडिन पाउने अवसरमात्र नभई, म उनीहरुले मेरो धुनलाई लिई कसरी उनीहरुको शैलीमा प्रस्तुत गरी बेग्लै अनुभव दिनेछन्, हेर्नका लागि उत्सुक छु। यही कुराले नृत्य संगीत र नृत्य संस्कृतिलाई विशेष बनाउँछ।’
डेभिड गुएटाले टुबोर्गसँगको सहकार्यमा लिरिक भिडियो निर्माण गरेका छन्। जसले गर्दा विश्वभर रहेका संगीतपे्रमीहरुले हेर्न तथा सुन्न सक्नेछन्। 
संगीतपे्रमीहरुले 
https://www.facebook.com/tuborgnepal भ्रमण गरी टुबोर्ग ओपन अभियान बारे थपबुझ्न सक्नेछन्।