काठमाण्डौ । सूर्य नेपाल प्रालि सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिकलाई मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेको छ।

शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमबीच कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको हो। कार्यक्रममा मेयर किसन गुरुङ, उपमेयर सबिता रसाइलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, वाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता थियो।

कार्यक्रममा मेयर गुरुङ, उपमेयर रसाइली, म्यानेजर कार्कीलगायतले मन्तव्य राखेका थिए।

सूर्य नेपाल कम्पनीले विगत लामो सयदेखि विभिन्न सामाजिक क्षेत्रहरु जस्तै– खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग पुर्याउँदै आइरहेको छ।