काठमाण्डौ । सूर्य नेपाल प्रालिले काठमाण्डौका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ।
कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर प्रदान गरेको हो। यी स्वास्थ्य सामग्री सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई आज हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकको प्रतिनिधित्वसहित काठमाण्डौस्थित एउटा गैरनाफामूलक संस्था भ्न्द्यइक्ब् ले सहजीकरण गरेको थियो।
विद्यमान कोभिड १९ महामारीको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दबाबलाई विचार गरी यस प्रकारको संकटको घडीमा कम्पनीले अन्य विभिन्न क्रियाकलापसमेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ।
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago