काठमाण्डौ । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेसन जडान गर्ने योजना घोषणा गरेको छ। यी चार्जिङ स्टेसनमा छिटो चार्ज हुने फास्ट–चार्जर उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरुले चार्जिङ सेवा प्राप्त गर्नेछन्। 

सेगवेको यो सुरुआतले ग्राहकको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ। सेगवे ई–स्कुटरका चालकले कम चार्जका बारेमा चिन्ता र डर बिना लामो दूरीको यात्रा मज्जाले गर्न सक्नेछ। यो सुविधा फाइदामूलक हुनुका साथै प्रभावकारी हुनेछ किनकि यसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछ र चार्जरहरु फिट गर्न पनि सजिलो हुनेछ। 

सेगवे ब्राण्डको सवारीसाधनको आधिकारिक वितरक आईहव प्रालिले भक्तपुर, ललितपुर र काठमाण्डौका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ। विद्युतीय सवारीसाधनहरु भविष्य हुन्। त्यसैले सेगवे–नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन हालै बजारमा ल्याएको छ। 

नेपालमा सेगवे ईभी स्कुटरको क्रेज बढ्दै छन्। यसले ग्राहकहरुको प्रशंसा बटुल्नुका साथै यिनीहरुको फीचर र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ। यसरी ईभी सवारीसाधनहरुको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरुले देशभरका पहुँच योग्य स्थानहरुमा चार्जिङ स्टेशनहरु जडान थाल्ने भएको छ। 

चार्जिङ स्टेसनको स्थापनासँगै ग्राहकको सेगवेप्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धन र बिक्री गर्ने धेरै कम्पनी छन्। आईहब प्रालि नेपालमा विद्युतीय सवारीसाधनको एक प्रतिष्ठित वितरक कम्पनी हो। बढ्दो क्रेजले कम्पनीलाई काठमाण्डौमा चार्जिङ स्टेसनहरु बढाउन प्रेरित गरेको छ र उनीहरु त्यसतर्फ लागेका छन्।

सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरुसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरुमा चार्जिङ स्टेसनहरु स्थापना गरेसँगै ग्राहकहरुले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरु प्राप्त गर्नेछन्। सेगवे विद्युतीय सवारीसाधनमा ट्रेन्डसेटर हो। उपत्यकामा चार्जिङ स्टेसनहरु सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरु प्राप्त हुनेछन्।