काठमाण्डौ । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्रनगर (नेपाल–भारत सीमा)सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। 

दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो। योे यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारीसाधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ। 

६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जरसहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए। उनले सम्पूर्ण यात्राको दौरान चार्जिङ खर्च रु. ६५० मात्रै खर्चिएका थिए। यस किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनमा वातावरणमैत्री यातायात साधनका विकल्पको प्रवर्द्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्शाहन दिएको छ। 

सेगवे इलेक्ट्रिक स्कुटर ई१०० यात्रा अवधिभरि एक भरपर्दो र प्रभावशाली साथी साबित भएको छ।

यात्रा अवधिभभरि सेगवे ई१०० को कार्यक्षमताको सफलतापूर्वक उचित परीक्षण गरिएको थियो। जसअन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण र कम्फर्ट परीक्षण गरिएको थियो। सेगवे इलेक्ट्रिक स्कुटर ई१०० ले यी परीक्षणमार्फत सहजै विभिन्न भू–भाग र परिस्थितिमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको छ। 

धिरेनले यो साहसिक यात्रा सुरु गर्नुअघि सोही स्कुटर सेगवे ई१०० काठमाण्डौबाट कुलेखानी रुटहुँदै हेटौँडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गरेका थिए। यसैगरी उनले सेगवे एन१०० को पनि काठमाण्डौदेखि पोखरासम्मको यात्रा गरी परीक्षण गरेका थिए।  

यस यात्राको सबैभन्दा प्रभावशाली पक्षमध्ये एउटा न्यूनतम वातावरणीय प्रभाव हो। शून्य उत्सर्जन र ध्वनि प्रदूषणका साथ सेगवे इलेक्ट्रिक स्कुटर ई१०० एक वातावरणमैत्री विकल्प साबित भएको छ। सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमार्फत पूर्वदेखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्वपूर्ण कोशेढुंगा हो। यसले विद्युतीय सवारीसाधनको क्षमतालाई प्रदर्शन गर्दछ। 

धीरेनमान श्रेष्ठको यो उत्कृष्ट उपलब्धिले वातावरणमैत्री यात्रा विकल्प विस्तार गर्दै यातायातको स्वच्छ हरियाली मोडहरुतर्फ परिवर्तन गर्न प्रोत्साहित गर्नेछ। 

सेगवे ई१०० प्रतिघन्टा ६० किलोमिटर उच्च गति र उत्कृष्ट सुरक्षा सुविधाहरु भएको इलेक्ट्रिक स्कुटर हो। यसमा डुअल डिस्क ब्रेक, टिकाउ सस्पेन्सन प्रणाली र एलईडी डिस्प्लेजस्ता उन्नत सुविधा छन्। स्कुटरको आरामदायी सिट र फराकिलो कार्गो बक्सले सवार र सामान ढुवानी गर्ने दुवैलाई सुरक्षित सवारी प्रदान गर्ने सेगवे ई१०० नेपाली बजारमा उपलब्ध छ। 

आई हब प्रालि नेपालमा सेगवेका लागि आधिकारिक वितरक हो। आफ्ना रोमाञ्चक उत्पादनहरुको नयाँ विमोचनसँगै सेगवेले आफ्नो साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरुका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने लक्ष्य राखेको छ।