काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज मंगलबारबाट काठमाण्डौको बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । 

देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैंकिङ सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेनसन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा १२२ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।