काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिको हिजो असार ३० गते बसेको बैठकले न्यौपानेलाई भोलि साउन १ गतेबाट लागू हुने गरी कामु सीईओमा नियुक्त गरेको हो। न्यौपाने यसअघि सेञ्चुरी कमर्सियल बैंकमा नायब सीईओ थिए।

सोही बैठकले सीईओ तुलसीराम गौतमको राजीनामा पनि स्वीकृत गरेको छ। गौतमले गत असार २० गते सञ्चालक समितिसक्षम राजीनामा पेस गरेका थिए।