काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरुको हितका लागि न्यानो कम्बल वितरण गरेको छ। 

काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सीमान्तकृत बालबालिकालाई उच्च शिक्षा तथा सीपमूलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जना सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहकाबीच न्यानो कम्बल बितरण गरिएको हो।

उक्त कार्यक्रममा लक्ष्मि प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठ लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो। 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ।