– रेखा चन्द
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आजै तिलक कोइरालाले आमरण तोड्ने सक्ने बताइएको छ।
पुँजीबजार सुधार र विकासका १९ बुँदे माग अघि सार्दै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक कोइरालाले गत असार १ गतेदेखि सेबोन कार्यालयबाहिर आमरण अनशनमा बसेका छन्। आज आमरण अनशनको १० औँ दिन हो।
लगानीकर्ताले उठाएका मागहरु कार्यान्वयन गर्न सेबोन र संघर्ष समितिबीच लगभग सहमति भएको छ। भर्खरै लगानीकर्ताका एकजना प्रतिनिधि भित्र गएर सेबोन अध्यक्ष रमेशकुमाल हमालसँग कुराकानी गरेर फर्किएका छन्। ती प्रतिनिधिका अनुसार अबको केहीबेरमै सेबोन अध्यक्ष र अनशनरत कोइरालाबीच मागहरु पूरा गर्ने सेबोनको प्रतिबद्धतापत्रमा हस्ताक्षर हुनेछ।
त्यसपछि कार्यान्वयन समिति गठन हुनेछ। अनि त्यो कार्यान्वयन समितिको बैठकले कुन–कुन माग कुन निकाय पूरा गर्ने र कति समयावधिमा पूरा गर्ने भन्ने कुरा निक्र्यौल गर्नेछ। त्यसमा सेबोन अध्यक्षले प्रतिबद्धता जनाउनेछन्। त्यसपछि कोइरालाले अनशन तोड्ने बताइएको छ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago