काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ वटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ। 

सेबोनले नबिल फ्लेक्स क्याप फन्ड र सानिमा ग्रोथ फन्डलाई निष्कासन अनुमति दिएको हो। 

नबिल फ्लेक्स क्याप फन्ड खुलामुखी योजना हो। यो योजनाका १० अंकित दरका ७ करोड ५० लाख इकाइ बिक्री गर्न सेबोनले अनुमति दिएको छ। 

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

यसैगरी सानिमा ग्रोथ फन्ड बन्दमुखी योजना हो। यो योजनाका कुल १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री गर्न सेबोनले अनुमति दिएको छ। 

यो म्युचुअल फन्डको योजना व्यवस्थापनमा सानिमा क्यापिटल रहेको छ।