काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि गठित कार्यान्वयन समितिको पहिलो बैठक आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बसेको छ। 

बैठकमा ३ वटा निर्णय भएका छन्। पहिलो निर्णयमा लगानीकर्ताको आन्दोलनको समीक्षा गर्दै तिलक कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने रहेको छ। 

टीएमएसबाट अल अर नन (एओएन) पूर्ण रुपमा हटाउने निर्णय बैठकमा भएको एसपी चौलागाईंले बताए। यसअघि खरिदतर्फको एनओएन हटाइएको थियो। अब भने बिक्रीतर्फ पनि एओएन हटाउने निर्णय भएको चौलागाईंको भनाइ छ। ‘धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बसेले एओएन तत्काल हटाउने निर्णय भएको छ’, उनले भने।

एओएनमार्फत तोकिएकै कित्ता तोकिएकै मूल्यमा खरिदबिक्री गर्नका लागि प्रयोग हुन्थ्यो। जसका कारण बजारमा चलखेलको आशंका गर्दै खरिदतर्फको एनओएन हटाइएको थियो।  

यसैगरी अहिलेसम्म धितोपत्र बोर्डमा ब्रोकर शाखा विस्तार पनि तत्काल कार्यान्वयन गर्ने निर्णय भएको चौलागाईंले बताए। ‘त्यसका लागि अहिलेसम्म आवेदन दिएकामध्ये स्वीकृति पाएका सबैलाई तत्काल ब्रोकर शाखा सञ्चालन गर्न दिने निर्णय भएको छ’, उनले भने।

बैठकमा ४–१२ को क्याप, मार्जिन कललाई रोक्न तथा जोखिम भारलाई १५० प्रतिशतबाट १०० प्रतिशतमा झर्न धितोपत्र बोर्डले राष्ट्र बैंक समन्वय गर्ने अनौपचारिक निर्णय भएको छ। चौलागाईंले बताए।

बैठकमा लगानीकर्ताका तर्फबाट तुलसीराम ढकाल, उत्तम अर्याल, रोहन कार्की र कुमार थापा सहभागी थिए। धितोपत्र बोर्डका तर्फबाट कार्यकारी निर्देशकहरु विनयदेव आचार्य र मुक्ति श्रेष्ठ सहभागी थिए।