काठमाण्डौ । धितोपत्र बजारमा धेरै सुधार गर्ने ठाउँहरु बाँकी नै रहेको भन्दै काभ्रेबाट एक लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई खुलापत्र लेखेका छन्।
काभ्रेका आमलगानीकर्ता राजकुमार न्पौपानेले पाँचबुँदे सुझावसहित सेबोनलाई खुलापत्र लेखका हुन्। उनले पछिल्लो समय नेप्से र सेबोनले विविध नयाँ सुविधा दिँदै गुणस्तरीय प्रविधि बनाउँदै गएकोमा धन्यावाद पनि दिएका छन्।
यस्ता छन् न्यौपानेका सुझाव
१. आउँदो आइतबर असार १९ गतेबाट टीएमएबाट एओएन हटाउने कुरा नि आएको छ। एओएन हटाउनुअघि अझै अलिकति अध्ययन गरौँ।
उदाहरणका लागि कुनै क्लाइन्टसँग १९ कित्ता सेयर छ। १० कित्ता ट्रेड भयो । ९ अल्टर बच्यो। अब फेरि बेच्नका लागि १० कित्ता किन्ने बाध्यता आउँछ। अड लट बेच्न त गाह्रै छ।
त्यस्तैगरी १०० कित्ता हुनेको ९९ कित्ता ट्रेड होला । १ कित्ता बाँकी। कि त १ कित्ता मिनिमम सेल अर्डर राख्न पाउनुपर्यो। कि त एउटा मिनिमम क्वान्टिटी एओएन भ्यालिड हुनुपर्यो।
२. एओएन हटाउने नै हो भने अड लट अर्डर नि हटाउनुहोस्।
३. अकाउन्ट सेटलमेन्ट टीएमएसबाटै हेर्न मिल्ने सुविधा पनि सुरुआत होस्।
४. टीएमएमा फुल भर्जन चार्ट पनि उपलब्ध होस्।
५. कारोबार अर्डर संख्या बाई र सेल साइडमा ५ वटामात्रै देखाउँदै आएकोमा अबदेखि कम्तीमा पनि ७ देखि १० वटा देखाइयोस्।
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago