काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल फाइनान्सलाई चैत ८ गते १०ः७ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति पाएको । 

सेबोनको अनुमतिसँगै अब नेपाल फाइनान्सले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद जारी गर्नेछ। 

नेपाल फाइनान्सको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

हाल कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।