काठमाण्डौ । आन्दोलनरत लगानीकर्ता र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच १९ बुँदे माग कार्यान्वयनका विषयमा सहमति जुटेसँगै शुक्रबार सेयर बजार पनि उकालो लागेको छ।
कारोबारको सुरुआती चरणमा भारी अंकले गिरावटको बजारमा लगानीकर्ताका माग कार्यान्वयन गर्न सहमति जुटेपछि दोहोरो अंकको बढोत्तरी भएको हो। बजार १३.७८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक १८६२.०६ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८१ अंकले बढेर ३६४.९० को विन्दुमा पुगेको छ। कारोबार रकम २ घन्टामै १ अर्ब १५ करोड रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार अब घट्न रोकिएको बताउँछन्। ‘बजार १८०० को न्यून विन्दुबाट फर्केको छ’, उनले भने, ‘यही विन्दुमा बजार बटम लगाएको छ।’
लगानीकर्ताका १९ बुँदे माग पनि कार्यान्वयन हुने भएपछि बजारमा रौनक छाएको ढकाल बताउँछन्। ‘तरलता पनि विस्तार सहज हुँदैछ’, उनले भने, ‘अब बजार लयमा फर्किन्छ।’
असारको दबाब पनि कम भएको र विकासका कामका भुक्तानी सुरु भएकोले तरलता सहज हुने ढकालको भनाइ छ।
सक्रिय लगानीकर्ता दामोदर गजुरेल आज बजार बढ्नुका साथै कारोबार पनि बढेकोले अब सकारात्मक महौल सिर्जना हुन सक्ने संकेत मिलेको बताउँछन्। धितोपत्र बोर्ड र राष्ट्र बैंकले पनि लगानीकर्ताका माग सम्बोधन गर्न सक्ने समाचार आएकोले लगानीकर्ताको मनोबल बढेको उनको भनाइ छ।
आजबाट संस्थागत र स्मार्ट लगानीकर्ता बजार प्रवेश गरेको हुन सक्ने गजुरेलको भनाइ छ। ‘बजारको बढाइ दिगो छ/छैन भन्ने विषय आउँदो कारोबारबाट मात्रै थाहा हुन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक १.१९ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.८८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१८ प्रतिशत, व्यापार समूहमा ०.२१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०७ प्रतिशत, जलविद्युत समूहमा १.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६५ प्रतिशत, अन्य समूहमा ०.९ प्रतिशत, लघुवित्त समूहमा ०.८ प्रतिशत, जीवन बीमा समूहमा १.४९ प्रतिशत र लगानी समूहमा ०.४५ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह ०.६७ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन कुमारी बैंकको सर्वाधिक ८ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ङादी ग्रुप पावरको ६ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको आज लक्ष्मी बैंकको ४ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ४८ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ९२ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ करोड ६६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २ करोड ५३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३८ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको २ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज न्यादी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन आँधिखोला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
12 minutes ago
22 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago