काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले २०७९/८० को बजेटमा सबै क्षेत्रका विषय समेटिएको र सबैलाई खुसी बनाउने बजेट आएको बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८०का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँबराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए। बजेटमा कृषि, उत्पादन, पर्यटन, खेलकुद, स्वास्थ्य, शिक्षा, पुँजीबजारलगायतका विषय समेटिएका छन्।
बजेटमा वैदेशिक रोजगारीका लागि गएका नेपाली नागरिकलाई १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आरक्षण, एनआरएनलाई दोस्रो बजारमा कारोबार गर्ने वातावरण सिर्जना, नेपाल विद्युत् प्राधिकरणको आईपीओ निष्कासन, भेन्चर क्यापिटललगायतका पुँजी बजार सम्बन्धित विषय समेटिएका छन्।
अध्यक्ष हमालले बजेटका लागि सेबोनले दिएका अधिकांश सुझाव यसपटकको बजेटमा समेटिएको बताए। ‘बजेटमा धितोपत्र बजारलाई थप प्रतिस्पर्धी बनाउने साथै वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षण, एनआरएनलाई दोस्रो बजारमा कारोबार गर्ने वातावरण सिर्जना गर्ने, नेपाली विद्युत् प्राधिकरणको आईपीओ निष्कासनलगायतका विषय समेटिएका छन्’, हमाल भन्छन्, ‘त्यसैले बजेटमा सेबोनबाट पठाइएको बजार विकास र विस्तारका अधिकांश बजार सुधारका सुझाव बजेटमा समेटिएको छ।’
‘यसपटकको बजेटले निजी क्षेत्र, नियामक निकायका साथै लगानीकर्ता सबैलाई खुसी बनाएको छ’, उनले भने।
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago