काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमाल र ब्रोकर तथा मर्चेन्ट बैंकरहरुबीच सेयर बजारको पछिल्लो अवस्थाका विषयमा छलफल भएको छ।
सेबोन कार्यालयमा आज साँझ अध्यक्ष हमालले ब्रोकर र मर्चेन्ट बैंकरहरुसँग छुट्टाछुट्टै बैठक बसी छलफल गरेका छन्। हमालले विशेषगरी अहिले निरन्तरत बजार घट्नुमा विशेष चासोका साथ बजार सुधारका लागि गर्नुपर्ने कामहरुका विषयमा ब्रोकर र मर्चेन्ट बैंकरहरुसँग सुझाव मागेको बुझिएको छ।
छलफलमा सहभागी नेपाल स्टक हाउस (ब्रोकर नं. १४) का सञ्चालक ईश्वरीप्रसाद रिमालले सेबोन अध्यक्ष हमाल बजार निरन्तर घटेकोमा निकै चिन्तित देखिएको बताए। ‘उहाँले अहिले बजार घट्नुको कारण र सुधारका लागि आवश्यक सुझाव हामीसँग माग्नुभएको थियो’, उनले भने।
अहिले पैसाकै अभावमा कारण बजार निरन्तर घटिरहेको सेबोन अध्यक्षलाई जानकारी गराएको रिमालले बताए। ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले लिएको नीतिका कारण अहिले बजारमा पैसाको अभाव भएको हामीले भनेका छौँ’, उनले भने, ‘यस विषयमा राष्ट्र बैंकसँग सेबोनले समन्वय गरी त्यस्ता नीतिहरु हटाउन सुझाव दिनुपर्ने भनेका छौँ।’
छलफलमा सेबोन अध्यक्ष हमालले सेयर धितो कर्जामा लागू गरिएको ४–१२ को व्यवस्थामा पनि चासो राखेको रिमालले बताए। ‘यो व्यवस्थाले पनि बजार निकै प्रभावित भएको हामीले जानकारी गराएका छौँ’, उनले भने, ‘यो व्यवस्था खरेज गर्नुपर्ने वा परिमार्जन गर्नुपर्ने हामीले सुझाव दिएका छौँ।’
यी विषयमा राष्ट्र बैंकसँग समन्वय गर्न सेबोन अध्यक्ष सकारात्मक रहेको रिमालले बताए।
ब्रोकरबाट उपलब्ध हुने मार्जिन कारोबारको स्रोतका विषयमा पनि छलफल भएको रिमालले बताए।
उता मर्चेन्ट बैंकरहरुसँग छलफलमा सेयर बजारको पछिल्लो अवस्थाकै विषयमा अध्यक्ष हमालले चासो राखेका थिए।
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
23 hours ago