– रेखा चन्द
काठमाण्डौ । लगानीकर्ताका मागका विषयमा छलफल गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल अहिले अर्थ मन्त्रालय पुगेका छन्।
बिजशालाकमीसँग टेलिफोनमा कुराकानी गर्दै सेबोन अध्यक्ष हमालले आफू अर्थ मन्त्रालयमा जानकारी गराएका हुन्। ‘अहिले म अर्थ मन्त्रालयमा छु, लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि उठाएका मागहरुका विषयमा छलफल गरिरहेको छु’, उनले भने।
आमरण अनशनरत तिलक कोइरालाको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको विषयमा प्रश्न गर्दा हमालले भने, ‘मैले पनि जानकारी पाएँ, छिट्टै उहाँहरुको माग कार्यान्वयन गर्ने विषयमा निचोड निस्किनेछ।’
अध्यक्ष हमाल हिजो रातिमात्रै अमेरिकाबाट फर्किएका थिए। उनी त्यहाँबाट फर्किएलगत्तै हिजो राति नै नेपाल धितोपत्र बोर्डबाहिर आमरण अनशनमा बसेका तिलक कोइरालालाई भेट्न पुगेका थिए। उनले धितोपत्र बोर्डले पूरा गर्न सक्ने माग कार्यान्वयन गर्ने र अन्य निकायबाट कार्यान्वयन गराउनुपर्ने मागका विषयमा ती निकायहरुसँग छलफल गर्ने जानकारी गराएका थिए।
हमालले हिजै तिलक कोइरालालाई आमरण अनशन तोड्न आग्रह गरेका थिए। तर, कोइरालाले आफूहरुले उठाएका १९ बुँदे माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका थिए।
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago