काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज आमरण अनशन नतोड्ने भएका छन्। सम्भवतः भोलि (बिहीबार) कोइरालाले तोड्न सक्ने बताइएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाहिर कोइराला गत असार १ गतेबाट आमरण अनशनमा बसेका छन्। आज आमरण अनशनको आठौँ दिन हो।
आज दिउँसो धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरुका १९ बुँदे माग कार्यान्वयन गर्न एउटा कार्यान्वयन समिति बनाउने निर्णय गरेका थिए। उक्त समितिमा धितोपत्र बोर्डका दुईजना र लगानीकर्ताका ४–५ प्रतिनिधि बस्ने भनिएको थियो। लगानीकर्ताका तर्फबाट कोइरालाले नाम सिफारिस गरिसकेको अवस्था छैन। ‘सम्भवतः भोलिसम्म समितिमा बस्ने लगानीकर्ताहरुको नाम टुंगो लाग्ला’, आन्दोलनको संयोजन गरिरहेका एसपी चौलागाईंले भने।
चौलागाईंका अनुसार कार्यान्वयन समिति गठन भएपछि सो समितिको पहिलो बैठकले लगानीकर्ताहरुले उठाएका मागमध्ये कुन–कुन माग धितोपत्र बोर्डले तत्काल कार्यान्वयन गर्न सक्छ र कुन–कुन माग कति दिनभित्र कार्यान्वयन हुन्छ भन्ने धितोपत्र बोर्ड अध्यक्ष हमालले प्रतिबद्धता जनाएपछि मात्रै कोइरालाले अनशन तोड्ने सम्भावना छ। ‘त्यसैले कोइरालाजीले अनशन तोड्ने वा नतोड्ने भन्ने कुरा भोलिमात्र निर्णय होला’, उनले भने।
11 minutes ago
39 minutes ago
57 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago