काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानालाई पितृशोक परेको छ।
अध्यक्ष ढुंगानाका पिता नन्दलाल ढुंगानाको हिजो आइतबार साँझ करिब साढे ५ बजे काठमाण्डौको धुम्बाराहीस्थित आफ्नै निवासमा निधन भएको हो। परिवारिक स्रोतका अनुसार ढुंगाना ८७ वर्षका थिए। उनी लामो समयदेखि श्वासप्रश्वास समस्याबाट पीडित थिए।
हिन्दु परम्पराअनुसार ढुंगानाको अन्तिम दाहसंस्कार आज सोमबार पशुपतिको आर्यघाटमा हुँदैछ। उनका ३ छोरा र २ छोरी छन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago