– अर्जुन तिमिल्सिना

काठमाण्डौ  । अहिले सेयर बजारमा निकै आकर्षण बढिरहेको छ। दोस्रो बजारसँगै प्रथामिक सेयरमा सर्वसाधरणको सहभागिता झनै बढेको छ। 

विभिन्न कम्पनीले निष्कासन गर्ने आईपीओमा आवेदन दिनेहरुको संख्या अचाक्ली बढेको छ। करिब २ वर्षअघिदेखि आईपीओमा १० कित्ता प्रथा सुरु गरिएको छ। यो १० कित्ते प्रथामा हाल बजारमा विभिन्न प्रतिक्रिया सुन्न पाइन्छ। 

यसै विषयमा आज बिजशालाकर्मीले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानासँग जिज्ञाशा राख्यो। ढुंगानाले भने, ‘सेयरमा बचत होइन लगानी गर्ने हो।’

अहिलेको १० कित्ताको व्यवस्थाले ‘डिजिटल बोरे’ को विकास भएको ढुंगानाले प्रतिक्रिया दिए। विशाल बजारको एलसीकाण्डको उदाहरण दिँदै उनले भने, ‘यो १० कित्ता व्यवस्थासँगै बैंकिङ फ्रड पनि बढेको हुन सक्छ । फ्रड गर्नेहरु भेटिए भने जेल पनि जानुपर्ने अवस्था आउन सक्छ।’

अहिलेको अवस्थामा सामान्य नागरिकले पनि दिनको १ हजार ५०० रुपैयाँ कमाउन सक्ने उल्लेख गर्दै ढुंगानाले भने, ‘सेयरमा लगानी गर्न ५ हजार रुपैयाँ जम्मा गर्न कसले सक्दैन र ?’

बैंकलाई ब्रोकर लाइसेन्सको विषयमा अध्यक्ष ढुंगानाले आफ्नै जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा थप जिम्मेवारी दिने विषय सोचविचार गर्नुपर्ने पनि बताए। 

समग्र पुँजीबजारका विषयमा बिजशालाकर्मी र अध्यक्ष ढुंगानाबीच भएको वार्तालापको सारसंक्षेप भोलि बुधबार बिजशालामा प्रकाशित हुनेछ।