काठमाण्डौ । एडल्ट इन्टरटेनमेन्टको दुनियाँमा सनी लियोनीको नाम भारत लगायत विश्वका कैयन देशमा चर्चित छ । उनी नेपालमा समेत बेला बेला आइरहन्छिन् । नेपालका केही रक्सीका उत्पादनहरुले उनलाई ब्राण्ड एम्बेस्डर बनाएपछि उनी नेपालका विभिन्न इभेन्टहरुमा सहभागी हुन आइरहन्छिन् । नेपालमा समेत उनका कयौं फ्यान छन् । उनको चर्चाकै कारण उनी विभिन्न कम्पनीका लागि ब्राण्ड बनेकी छिन् । यही कारण उनले विज्ञापनहरुबाट समेत कुस्त कमाइरहेकी छिन् । 

सनी लियोनीको विजिनेश मन्त्र नै पैसाले पैसा कमाउने रहेको भारतीय मिडियाहरुले जनाएका छन् । उनी पैसाको व्यवस्थापनको बिषयमा समेत निकै गम्भीर छिन् । यही कारण सनीले आफूले कमाएको रकममध्ये केही सेयरमा, केही बण्डहरुमा, केही म्यूचुअल फण्ड त केही आफ्नो रिटायरमेन्ट फण्डमा लगानी गरेकी छिन् । यस अलावा उनले आफ्नो आम्दानीको धेरै ठूलो हिस्सा भारत र अमेरिकाका कयौं व्यापारीहरुसँगको सहकार्यमा स्थापित उद्योग तथा उत्पादनहरुमा लगाएकी छिन् । उनले रियल स्टेटको विजिनेशमा पनि निकै ठूलो लगानी गरेकी छिन् । 

भारतीय संचारमाध्यमको मद्धतबाट हामीले सनी लियोनीले कसरी पैसाको व्यवस्थापन गर्छिन्, लगानीमा के के कुरा ध्यान पुर्याउँछिन् र समग्रमा उनको पैसा व्यवस्थापन तथा लगानीको मन्त्र के हो भन्ने बिषयमा तपाईंलाई बताउन गइरहेका छौ । 
सनी लियोनीले भारत आउनुअघिदेखि नै विजिनेशमा लगानी गर्न सुरु गरिसकेकी थिइन । अमेरिकामै उनले एक प्रोडक्सन हाउस संचालन गरेकी थिइन् । जब सनी हाइस्कूल पढ्थिन, सोही बेलादेखि नै उनले फ्यूचर लिडर अफ अमेरिका नामको एक क्लबमा जोइन भएकी थिइन् । त्यहाँ उनले विजिनेशन र इकोनोमिक्ससँग सम्बन्धित कयौं कक्षा लिएकी थिइन् । यिनै आइडियाहरुबाट उत्साहित उनले भारत आएलगत्तै आफ्नो ब्राण्ड प्रोफाइललाई बढाउने फैसला गरेकी थिइन । 

प्रोडक्सन हाउसबाट विजिनेशको सुरुवात
सनी लियोनीले सनलस्ट पिक्चर्स इंक नामबाट अमेरिकामा सन् २००९, मई महिनादेखि आफ्नो होम प्रोडेक्सनको व्यापार सुरु गरेकी थिइन् । यो प्रोडक्सन हाउस उनले आफ्ना साथी डेनियल वेबरसँग मिलेर सुरु गरेकी थिइन् । यो होम प्रोडक्सनबाट एडल्ट कन्टेन्ट भएको फिल्म बनाइन्थ्यो र वितरणको काम हुन्थ्यो । सनीले  यही प्रोडक्सन हाउसबाट ५७ वटा पोर्न फिल्ममा निर्देशन गरेकी थिइन् । सनी र उनका पार्टनर वेबरले भारतको फिल्मसिटी मुम्बईमा सनसिटी मिडिया एण्ड इन्टरटेनमेन्ट नामको प्रोडक्सन हाउस सुरु गरेका छन् । 

सेयर, बण्ड र म्यूचुअल फण्डमा लगानी
सनी लियोनीले आफ्ना पति डेनियलसँग मिलेर अमेरिकामा आफ्नो आम्दानीको निकै ठूलो हिस्सा सेयर र बण्डमा लगानी गरेकी छिन् । सनीले अमेरिकामा म्यूचुअल फण्डमा समेत लगानी गरेकी छिन् । यस बाहेक अमेरिकामै उनले रियल स्टेटमा समेत ठूलो लगानी गरेकी छिन् । क्यालिफोर्नियामा सनीको आफ्नै घर समेत छ । तर सनीले इण्डियन फाइनान्सियल मार्केटमा चाहि पैसा लगाएकी छैनन् । यतिसम्मकी भारतमा उनले अहिलेसम्म आफ्नो घर समेत खरीद गरेकी छैनन् । 

सनी लियोनीसँग तीन पत्ती
सनी लियोनीले स्मार्टफोन यूजरलाई ध्यानमा राखी अनलाइन गेमको विजिनेश सुरु गरेकी छिन् । यो एपको नाम ‘सनी लियोनीका साथ तीन पत्ती’ रहेको छ । जसलाई जोकसैले पनि आफ्नो स्मार्ट फोनमा डाउनलोड गर्न सक्छ । सनीले खासमा भारतीयहरुमा रहेको तासको तीन पत्ती सम्बन्धी खेलमा देखिएको क्रेजलाई हेरेर यो गेम सुरु गरेकी बताइन्छ । यो गेमको हाई लेभलमा पुग्न सक्नेलाई सनी लियोनीसँग भेट हुने अवसर पनि प्राप्त हुनेछ । यो एपमा खेल्नेहरुलाई सनी लियोनीले आफ्नो व्यक्तिगत फोटो र भिडियो पनि सेयर गरिदिन्छिन् । 

कामुक कथाको कलेक्सन
सनीले ‘स्वीट ड्रिम्स’ नामबाट केही कामुक कथाहरु समेत लेखेकी छिन् । यस्ता कथाहरु मोवाइल एपमार्फत खरीद गर्न सकिन्छ । एक विशेष एपमा स्वीट ड्रिम्स नामबाट टाइटल खरीद गरेपछि हरेक दिन रात १० बजे कथा खरीद गर्नेहरुको मोवाइलमा डेलिभर गरिदिने चलन छ । 

लस्ट परफ्यूम लाइन नामबाट स्टार्टअप लञ्च
लियोनीले हालै महिला र पुरुषका लागि परफ्यूमको उत्पादन लञ्च गरेकी छिन् । सर्वसाधारण ग्राहकहरुको  हितमा ध्यानमा राखेर लञ्च गरिएको परफ्यूमको मूल्य २४९ भारुदेखि ९९९ रुपैयाँ भारुसम्म राखिएको छ । यो परफ्यूम लाइन सनी आफैंले डिजाइन गरेकी हुन् । 

सनीसँग रिटायरमेन्ट अकाउण्ट
सनीसँग व्यक्तिगत रिटायरमेन्ट अकाउण्ट समेत रहेको छ । यो अकाउण्टबाट उनले आउने दिनहरुका लागि राम्रो रकम बचत गरेकी छिन् । यस्तो अकाउण्टमा सेयर, बण्ड, म्यूचुअल फण्ड वा यस्तै केही सम्पत्तिको माध्यमबाट लगानी गर्न सकिन्छ, यो व्यवस्था अमेरिकामा रहेको छ । 

आफ्नै पति, फाइनान्सियल गुरु
सनी लियोनीको फाइनान्सियल गुरु उनकै पति डानियल वेबर हुन् । सनीको हरेक विजिनेशमा उनका पतिको साथ र सहभागिता छ । सनसिटी मिडिया एण्ड इन्टरटेनमेन्ट र सनलस्ट पिक्चर्स इंक पनि दुवैले साथ साथ मिलेर सुरु गरेका थिए । फाइनान्सियल मार्केटदेखि रियल स्टेटसम्ममा दुवैको संयुक्त लगानी रहेको छ । 

यस्ता छन् आगामी योजना
आगामी दिनमा सनी लियोनी आफ्नो नामसँगै बनेको ब्राण्डमार्फत अण्डर गार्मेन्ट, तयारी पोशाक र कलात्मक गरगहनाको विजिनेश सुरु गर्ने योजनामा रहेकी मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।