काठमाण्डौ । गत वर्षदेखि आर्थिक समस्याको सामना गरिरहेको अनिल अम्बानी समूहका लागि अब केही शुुभ समाचार आएको छ । पछिल्लो तीन महिनाको अवधिमा अनिल अम्बानी समूहका कम्पनीहरुको बजार पूँजीकरणमा १००० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ । 

यो वर्षको मार्च महिनामा अनिल अम्बानीको रिलायन्स समूहका कम्पनीहरुको बजार पूँजीकरण घटेर ७३३ करोड भारतीय रुपैयाँ पुुगेको थियो । तर अहिले यो बढेर ८२८८ भारतीय रुपैयाँ भएको छ । मे महिनामा मात्रै अनिल अम्बानी गुप्रका कम्पनीहरुको बजार पूँजी ३८९० करोड भारतीय रुपैयाँले वृद्धि भएको छ । 

सेयर बजारको पछिल्ला तीन महिनामा रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स पावर र रिलायन्स क्यापिटलको बजार पूँजीमा १००० प्रतिशतभन्दा धेरै उछाल आएको हो । 

अहिले रिलायन्स पावरको मार्केट क्याप बढेर ४७८० करोड भारतीय रुपैयाँ, रिलायन्स इन्फ्रास्ट्रक्चरको २८१४ करोड र रिलायन्स क्यापिटलको ६९४ करोड भारतीय रुपैयाँ पुुगेको छ ।    

अनिल अम्बानी गुप्रको बजार पुँजीकरणमा उछाल आएसँगै यससँग जोडिएका साना लगानीकर्ताहरु लाभान्वित बनेका छन् । रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स पावर र रिलायन्स क्यापिटलमा करीब ५० लाख साना लगानीकर्ताको लगानी रहेको छ । रिलायन्स पावरसँग ३३ लाख, रिलायन्स इन्फ्रास्ट्रक्चरसँग ९ लाख र रिलायन्स क्यापिटलसँग ८ लाख साना लगानीकर्ता जोडिएका छन् । 

रिलायन्स गुप्रका कम्पनीहरुलाई पछिल्ला तीन महिनादेखि विभिन्न गतिविधिहरुका कारण फाइदा पुगिरहेको छ । रिलायन्स समूहमा प्रमोटर समूह र भीएसएफआई होल्डिङ प्राइभेट लिमिटेडबाट ५५० करोड भारतीय रुपैयाँ जुटाउने घोषणा गरेका छन् । 

यस्तै रिलायन्स पावरले प्रोमोटर कम्पनीको प्रीफेन्सियल इक्विटी सेयर तथा वारेन्ट जारी गर्ने घोषणा गरेको छ । रिलायन्स इन्फ्रास्ट्रक्चरले १३२५ करोड भारतीय रुपैयाँ जुटाउन सफल भएको छ । 

समूहको एउटा अर्को कम्पनी रिलायन्स होम फाइनान्स आफ्नो एसेस्ट्ट बेच्ने अन्तिम चरणमा रहेको छ । अटम इन्भेष्टमेन्ट एण्ड इन्फ्रास्ट्रक्चरले यसका लागि २८८७ करोड भारतीय रुपैयाँकको बोली लगाएको छ । यी योजनाहरुका कारण रिलायन्स क्यापिटलको ऋणमा ११ हजार करोड भारतीय रुपैयाँले कमी आउनेछ ।