– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेपछि अब लगानीकर्ताले सेयर धितो कर्जामार्फत प्लेजेजमा राखेको सेयर फुकुवा गरेकै दिन बेच्न सेक्न भएका छन्। यसअघि धितोमा राखिएको सेयर फुकुवा भएको भोलिपल्टमात्रै बेच्न मिल्थ्यो।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अब टीएमएसमा उक्त सुविधा दिइएपछि धितोमा राखेको सेयर फुकुवा गरेकै दिन प्लेजेजको सेयर ‘फ्री’ देखिनेछ। ‘लगानीकर्ताले बिहान सुरुमै आफूले सेयर धितो राखेको संस्थाबाट फुकुवा गरेपछि सोही दिन सेयर बेच्न सक्नेछन्’, उनले भने, ‘यसले सेयर कारोबारलाई सहज बनाउँछ।’
यस्तो कारोबार ब्रोकर र लगानीकर्ताबीचको सहमतिमा हुने पनि गर्ने गर्छ। अब बिहानै ब्रोकरको चेक लगेर सेयर धितो फुकुवा गरेकै दिन सेयर बेचेर हिसाब मिलान पनि गर्न सकिनेछ। ‘यस्तो गर्दा ब्रोकरलाई पनि बेचेको सेयरबाट नेटिङ अर्थात् हिसाब मिलान गर्न पनि सहज हुनेछ’, एक ब्रोकर सञ्चालकले भने, ‘जसले ब्रोकरको कारोबार जोखिम पनि घट्नेछ।’
भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)का सञ्चालक राजकुमार तिमिल्सिनाले यदि सीडीएससीले रियल टाइम भेरिफिकेसनको व्यवस्था ल्याएको खण्डमा सोही दिन सेयर बेच्न मिल्ने बताए। ‘यो एपीआई पोलिसीको आशय रियल टाइम भेरिफिकेसनको पनि हो’, उनले भने, ‘जस्तै– आईपीओ भर्दा पैसा नभएमा अस्वीकृत हुुनु भनेको पनि रियल टाइफ भेरिफिकेसन नै हो।’
रियल टाइम भेरिफिकेसनले अब सेयर धितो कारोबार पनि सहज हुने तिमिल्सिनाको भनाइ छ। ‘जस्तै– कुनै ग्राहकले आफूले धितोमा राखेको सेयर बिहान १० बजेर ५८ मिनेटभित्र आफैँ वा ब्रोकरको सहयोगमा फुकुवा गरेमा सोही दिन पनि सेयर बेचेर हिसाब मिलान गर्न सक्नेछन्’, उनले भने, ‘पहिले भने भोलिपल्टमात्रै यस्तो हुन्थ्यो।’
यो व्यवस्थाले सेयर लगानीकर्तालाई अब सेयर धितो कर्जा लिएर पनि कारोबार गर्न सहज हुने तिमिल्सिनाले बताए। ‘अब बजारको उतारचढाव अनुमान गर्न सक्ने लगानीकर्ताले सेयर कर्जा लिएर पनि बजारमा ट्रेड गर्न सक्नेछन्’, उनले भने।
14 minutes ago
36 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago