– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सामान्यतया साताको अन्तिम दिनको कारोबारपछि लगानीकर्ता तथा विश्लेषकहरुले सेयर बजारको साताभरिको अवस्था केलाउनपट्टि लाग्छन्। बजारको अवस्था केलाउन साताभरिको नेप्सेको डाटा हेर्नुपर्छ। 

नेपालको एकमात्रा डाटा सेन्टर भएको नेप्सेमा गएर दैनिक कारोबार तथा भोलुम खाज्यो भने एकपटक जोकोहीलाई पनि रिंगटा लाग्ने डाटा भेटिन्छ। तुरुन्तैका तुरुन्तै सम्भव नहोला तर २४ घन्टा बित्दा पनि नेप्सेको सिस्टममा भएको हिजो बुधबार एकैदिन ४८ अर्ब ५ करोड रुपैयाँभन्दा बढी भएको देखाएको छ (हेर्नुहोस् मुख्य तस्बिरमा)। 

यो त नेप्सेको सिस्टमका विषय भयो। 

नेप्सेको मोबाइल एपको अवस्था पनि उस्तै छ। नेप्सेकोे मोबाइल एपमा पनि कहिल्यै डाटा अपडेट नै हुँदैन। ‘अपडेट नै नहुने मोबाइल एप किन खोलेको ?’, लगानीकर्ता टेकेन्द्र क्षेत्रीले प्रश्न गरे, ‘लगानीकर्ताले पाउने सूचना नेप्सेको न वेबसाइटमा चुस्तदुरुस्त छ न मोबाइल एपमा छ।’

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यो तथ्यांक गलत भएको स्वीकारे। ‘यसलाई सच्चाउँछौँ’, उनले भने।