काठामाण्डौ । सेयर बजार आज झिनो अंकले उकालो लाग्यो। कारोबार रकम पनि थोरै बढेको छ।
सेयर बजारको प्राविधिक चार्ट प्याट्रनमा आज डेथक्रस आकृति बनेको छ। प्राविधिक चार्ट प्याट्रनमा अल्पकालीन मुभिङ एभरेज (५० दिने) रेखाले दीर्घकालीन मुभिङ एभरेज (२०० दिने) रेखालाई माथिबाट काट्छ भने त्यसलाई डेथक्रस अर्थात् बियरिस क्रसओभर पनि भनिन्छ । सेयर बजारमा बिक्री चाप पर्दै जाँदा यी दुई लाइन (एमएसीडी लाइन र सिग्नल लाइन) नजिक–नजिक हुँदै जान्छन्। अन्तमा ५० दिने रेखाले २०० दिने रेखालाई माथिबाट काट्छ भने त्यसलाई प्राविधिक भाषामा डेथक्रस भनिन्छ। (हेर्नुहोस् रातो एरो)
यस्तो अवस्थामा हिस्टोग्रामहरु पनि नेगेटिभ हुन्छन् (हेर्नुहोस् कालो एरो)। यसले भविष्यमा बजारमा करेक्सन हुन सक्ने संकेत गर्छ।
यसविपरीत यदि एमएसीडी रेखाले सिग्नल लाइनलाई तलबाट काट्छ भने त्यसलाई गाल्डेनक्रस अर्थात बुलिस क्रसओभर पनि भनिन्छ। यस्तो अवस्थामा हिस्टोग्रामहरु सकारात्मक हुन्छन् । यसले बुलिस बजारलाई संकेत गर्छ। (हेर्नुहोस् हरियो एरो)
प्राविधिक चार्टमा गाल्डेनक्रस आकृति देखिएपछि केही समय बजार बुलिस हुने गर्छ । (तस्बिरमा हेर्नुहोस्)
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago