काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपालको सेयर बजार प्रभावित हुने मुख्य कारण नै अनावश्यक र भ्रामक हल्ला रहेको बताएका छन्।
आज नयाँ बानेश्वरमा नागरिक लगानी कोष (सीआईटी)को ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘त्यस्ता हल्लालाई नियन्त्रण गर्न आवश्यक छ’, उनले भने।
अध्यक्ष हमालले सेयर बजारमा पनि कर्पोरेट गभर्नेन्स आवश्यक रहेको बताए। ‘सीआईटीले अभिभावकत्व जरुरी देखिन्छ’, उनले भने, ‘क्यापिटल मार्केट इन्स्टिच्युट खोल्न सीआईटीको सहयोग आवश्यक छ।’
बजारको स्थिरताका लागि सीआईटीको सहायक कम्पनी नागरिक स्टक डलरको भूमिका महत्वपूर्ण हुने अध्यक्ष हमालले बताए।
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago