काठमाण्डौ । अमेरिकी सेयर बजारमा लगातार गिरावट आइरहेको छ। गिरावटका कारण लगानीकर्ताले ठूलो घाटा व्यहोरेका छन्।

गत साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार अमेरिकी बजारमा ठूलो गिरावट आएको थियो । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले पनि बजारमा आएको गिरावटबीच आममानिसलाई चेतावनी दिएका छन्। भर्खरै जारी गरिएको पोडकास्टमा उनले भनेका छन् कि नगद सुरक्षित राख्न आवश्यक छ। 

मस्कले मानिसहरुलाई अस्थिर सेयर बजारमा मार्जिन डेट नगर्न सल्लाह दिएका छन्। उनले बजार घट्दा निकै कठिन परिस्थितिमा फस्न सक्ने बताए। 

मस्कले यो वर्षको सुरुमा ४४ अर्ब डलरमा ट्विटर किनेका थिए र कम्पनीको १३ अर्ब डलर ऋण चुक्ता गरेका थिए। 

ब्लुमबर्गका अनुसार मस्कका बैंकरहरुले ट्विटरको उच्च ब्याज ऋणलाई टेस्ला इंकद्वारा समर्थित मार्जिन ऋणमा बदल्न खोजिरहेका छन्। यसका लागि उनी व्यक्तिगत रुपमा जिम्मेवार हुनेछन्। 

मस्कले टेस्लाको करिब ४० अर्ब डलरको सेयर पनि बेचेका छन्। यो एक कदम हो, जसले स्टकलाई दुई वर्षको न्यूनमा ल्याउन काम गर्यो। मस्कले यो हप्ता सेयर बेच्न बन्द गर्ने जनाएको छ। ‘यो पज दुई वर्ष वा सोभन्दा बढी समयसम्म रहन सक्छ’, उनले भनेका छन्।

विगत अडियो–मात्र ट्विटर स्पेसेस समूह वार्तालापका क्रममा मस्कले १८ देखि २४ महिनासम्म कुनै पनि स्टक बिक्री गर्ने बताएका थिए। तर, मस्कले गत हप्ता टेस्लाको २.५८ बिलियन डलरको स्टक बेचे र ट्विटर डिलपछि अप्रिलदेखि लगभग २३ अर्ब डलरको आफ्नो कार कम्पनीको सेयर बेचिसकेका छन्। टेस्लाको गत अप्रिल १ मा १.१ ट्रिलियन डलरभन्दा बढीको बजार मूल्य थियो। 

टेस्लाको सेयर गत शुक्रबार १% भन्दा बढी ४१२३.७४ मा घट्यो। अप्रिल १ मा सेयर मूल्य ३६० डलरभन्दा बढी थियो। २०२१ को नोभेम्बरमा यसको मूल्य ४१४ डलर बढी अहिलेसम्मकै उच्च विन्दुमा थियो। –एजेन्सी