काठमाण्डौ । सबैको चासो र लगानीको प्रमुख क्षेत्र सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो आज पुस २२ गते सार्वजनिक गरिएको छ।
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या लगभग ५५ लाखको हाराहारी पुगिसकेको र यस क्षेत्रमा लगानी गर्न चाहने नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्ने क्रममा केही सिक्न तथा बुझ्न सहज होस र पुराना लगानीकर्ताले पनि यस गीतमा भएको सन्देशअनुसार लगानीको उचित निर्णय गर्न सजिलो होस् भन्ने उद्देश्यले यो गीतको परिकल्पना गरिएको हो।
सोहीबमोजिम रेकर्डिङ भई ‘सेयर बजार सिक्नलाई अघि बढौँ हुन्न लजार, बुझ्नलाई अघि बढौँ हुन्न लजार’ बोलको म्युजिक भिडियोसहितको गीत सार्वजनिक गरिएको छ।
विन्दु कोइरालाको शब्द रहेको यो गीतमा लोकनाथ सापकोट र टीका पुनको स्वर रहेको छ। लोकनाथ सापकोटको संगीत रहेको गीतको परिकल्पना आरके तिमिल्सिनाले गरेका छन्।
यो गीतको निर्देशन मदन खड्काले गरेका हुन्।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago