काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रभाव भारतीय सेयर बजारमा देखिएको छ। 

अडानी समूहका कम्पनीको सेयरदेखि एलआईसी, एसबीआईसम्म धरासायी भएका छन्। सेयर बजार विगत ७ दिनदेखि लगातार ओरालो लागेको छ। 

सेयर बजारमा देखिएको उथलपुथलले आगामी आईपीओमा पनि असर गरेको छ। विभिन्न कम्पनीसँग आबद्ध फ्याइन्डियाले यसबीचमा आफ्नो प्रस्तावित आईपीओ रद्द गरेको छ। यसको इश्यू साइज करिब भारु ४ हजार करोड थियो।

यसैगरी ई–कमर्स फर्म स्न्यापडिल र इलेक्ट्रोनिक्स कम्पनी बोटले विगत केही महिनामा अनिश्चित बजारका कारण आईपीओ रद्द गरेका छन्। यसबाहेक गहना खुद्रा बिक्रेता जोयालुक्कासले पनि आफ्नो योजना रद्द गर्यो। अब यो सूचीमा फ्याबइन्डियाको नाम पनि परेको छ। 

फ्याबइन्डियाले सन् २०२१ मा आफ्नो आईपीओ बजारमा ल्याउने घोषणा गरेको थियो। त्यसपछि जनवरी २०२२ मा कम्पनीको तर्फबाट ड्राफ्ट पेपर (डीएचआरपी) दायर गरिएको थियो र अप्रिल २०२२ मा यसलाई बजार नियामक सेबीले अनुमोदन गरेको थियो।

पीटीआईका अनुसार बजारमा जारी उथलपुथलका कारण फ्याबइन्डियाले आईपीओ रद्द गर्ने निर्णय गरेको हो। 

गत जनवरीको अन्तिमदेखि भारतीय सेयर बजारमा उतारचढाव देखिएको छ। अमेरिकी रिसर्च फर्म हिन्डनबर्गले जनवरी २४ मा अडानी समूहमा प्रकाशित प्रतिवेदन सार्वजनिक गरेपछि बजारमा कोलाहल मच्चिएको थियो। त्यसको प्रभाव अहिले पनि देखिएको छ। यस अवधिमा गौतम अडानीको कम्पनीको सेयरमा मात्रै एलआईसी, एसबीआईलगायतका कम्पनीको सेयरमा पनि नराम्रो असर परेको छ। –एजेन्सी