काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्।
अर्थ मन्त्रालयमा आज लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री डा महतले यस्तो स्पष्ट पारेका हुन्। ‘पुँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुनेछ’, उनले भने, ‘सोहीबमोजिम अर्थ मन्त्रालयले एउटा स्टेटमेन्ट जारी गर्नेछ।’
यसअघि आन्तरिक राजश्व विभागले पुँजीगत लाभकरका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सकेको थिएन। कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पुँजीगत लाभकरका विषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो।
छलफलमा अर्थमन्त्री, अर्थसचिव, आन्तरिक राजस्व विभागका महानिर्देशन, सेबोनका अध्यक्ष, नेप्सेका सीईओ, ब्रोकर एसोसिएसनका पदाधिकारी र आन्दोलनरत लगानीकर्ताहरुको उपस्थिति छ। अहिले लगानीकर्ताहरु अर्थ मन्त्रालय जारी गर्ने प्रेस विज्ञप्ति कुरेर बसिरहेका छन्।
आन्दोलनरत लगानीकर्ताहरुले भने पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका छन्। उनीहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म बजार सञ्चालन हुन नदिने भनेर आज बिहान सबै ब्रोकर हाउसमा तालाबन्दी पनि गरिदिएका छन्।
उता सबै ब्रोकर हाउसमा तालाबन्दी गरिए पनि नेप्सेको कारोबार प्रणाली भने खुलै रहेको छ।
13 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago