काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना संस्थापक सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न सूचित गरेको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सेयर अभौतिकीकरण गर्न संस्थापक सेयरधनीहरुलाई सूचित गरेको हो।
सेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। त्यसका लागि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ।
भौतिक रुपमा जारी गरेको संस्थापक सेयर तथा सोको हकप्रद सेयर प्रमाणपत्रहरुका साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणको प्रतिलिपिसहितको कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भरी सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाई आफ्नो संस्थापक सेयरलाई अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
54 minutes ago
18 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago