Everest Insurance
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले कम्पनीको सेयर संरचनाको अनुपात मिलाउने नयाँ जुक्ति निकाल्दै २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
कम्पनीको सोमबार काठमाण्डौमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ६ लाख ३९ हजार ४ सय ७४ रुपैयाँ बराबरको नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।
यसका सार्थ कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्न बोनस शेयर पश्चात हुन आउने कुल चुक्तापुंजीमा कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ (एक बराबर एक दशमलव शुन्य पांच) संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण शेयरधनी (संस्थापक र सर्वसाधारण) लाई १ः३ (एक बराबर तिन) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिएको हो ।
साधारणसभाले संचालक समितिमा प्रतिनिधित्व गर्न ५ जना संचालकहरुमा राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा एन्जिला विष्ट गिरीलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।
21 minutes ago
39 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago