काठमाण्डौ । गोर्खा ब्रुअरीको सफल उत्पादन सोमर्सबीले भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा विशेष अभियान सुरु गरेको छ ।
सोमर्सबीले प्रेमिल जोडीहरुको भ्यालेन्टाइन डेलाई विशेष बनाउन विभिन्न कार्यक्रम आयोजना गर्नेछ, जसका लागि फेस अफ सोमर्सबीको रुपमा गायक स्वप्न सुमन र मोडेल जस्मिन खड्का चयन भएका छन् ।
गोर्खा बु्रअरीले प्रकाशित गरेको विज्ञप्तिअनुसार सोमर्सबीप्रेमीहरुका लागि कम्पनीले युवावर्गमाझ लोकप्रिय गायक सुमनलाई चयन गरी बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने जनाएको छ । गायक सुमनका १२ वटा गीत तथा भिडियोहरु १ करोड पटक युट्युबमा हेरिएका छन्। उनको 'द कफी सङ', 'के सारो राम्री भाको', 'ए हेल्लो', 'कसरी भनुँ', तथा 'म तिम्रो' जस्ता गीतहरु युवावर्गमा चर्चित छन्।
सोमर्सबीले भ्यालेन्टाइन डे अभियान अन्तरगत अन्य रिफ्रेसिङ कार्यक्रमहरु समेत लञ्च गर्ने बताएको छ ।
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago