काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद लाभांश छन्।
यसैगरी सञ्चालक समितिले कम्पनीको ४८ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
40 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago