काठमाण्डौ । आइतबार राम्रै अंकले बढेको बजार सोमबार पनि कारोबारको पहिलो घन्टामा २१०० माथि कारोबार भएको थियो।
पछिल्लो समय खासगरी होटेल सेक्टरले लिड गरेको बजारमा सोल्टी होटेल मुख्य स्क्रिप्ट रहेको छ। आज काराबारको मध्य समयतिर सोल्टी होटेलको सेयर ठूला परिमाणमा कारोबार भएपछि भने ब्रोकर हाउसहरुमा लगानीकर्ताबीच हल्लीखल्ली नै मच्चेको थियो। त्यसपछि भने बजार नै ओरालो लागेको थियो।
आज होटेल तथा पर्यटन समूह १०३ अंकले घटेको छ। आज सबैभन्दा उच्च कारोबार हुनेमा सोल्टी होटेल रहेको छ। यो होटेलको ३३ करोड १२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
ट्रेडर फ्लोरसिटमार्फत आज सोल्टी होटेलको कारोबार हेर्दा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) बाट भएको कुल कारोबारको ४३ प्रतिशत अर्थात २ लाख ८८ हजार कित्ता सेयर खरिद भएको छ। त्यसैगरी आजै यही ब्रोकरबाट सोल्टी होटेलको कुल कारोबारको ४९ प्रतिशत अर्थात ३ लाख ३१ हजार ८६५ कित्ता सेयर बिक्री भएको छ।
उता प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नं. १६) बाट पनि सोल्टी होटेलको १ लाख ५१ हजार बढी कित्ता बिक्री भएको छ।
एक ब्रोकर सञ्चालकले एक संस्थागत लगानीकर्ताले सेयर बेचेको पुष्टि गरे। ‘यो होटेलमा उच्च नाफा भएको थियो’, ती सञ्चालकले भने, ‘असार मसान्तको समय पनि छ। यो विशुद्ध नाफा बुक हो।’
अहिले टीएमएसबाट कारोबार हुने भएकोले सबै कुरा ब्रोकरलाई थाहा नहुने पनि ती सञ्चालकले बताए। ‘तर, मैले बुझ्दा सोल्टी होटेलको ५–६ लाख कित्ता बिक्रीमा आएको थियो, आजै सकियो’, ती सञ्चालकले भने।
त्यसो त आज सोल्टी होटेलको सेयरभाउमा करिब ६ रुपैयाँमात्रै गिरावट आएको छ।
प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२)मा भेटिएका एक पुराना लगानीकर्ताले पनि सोल्टी होटेलको करिब ५ लाख कित्ता सेयर खेतान समूहले बिक्री गर्दै गरेको सूचना आफूलाई पाएको बताए।
3 minutes ago
36 minutes ago
45 minutes ago
50 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago