काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स चितवनको सौराहामा सम्पन्न गरेको छ।
साउन १३ गतेदेखि १५ गतेसम्म ‘अ बाउन्स ब्याक इयर ७९÷८०’ नाराका साथ सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीको सहभागिता थियो।
सञचालक विमलप्रसाद ढकालले पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उद्घाटन गर्दै कर्मचारीहरुले आमनागरिकको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए।
कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीलाई गत आर्थिक वर्षको कार्यसम्पादनका लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पूरा गर्न सुरुबाटै दत्तचित्त भई कार्य गर्न आह्वान गरे।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्षमा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए।
हाल कार्यरत जोन प्रमुख, क्षेत्रीय प्रमुखलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए। सम्मेलनमा मोटिभेसनल स्पिकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षणसमेत गराइएको थियो।
सम्मेलनको अन्त्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरुबाट सबै सहभागीहरुलाई प्रमाणपत्रका साथै गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखालाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago