काठमाण्डौ। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्ना निकटम प्रतिस्पर्धीहरुसँगको मतान्तर फराकिलो पार्दै लगेका छन्।

हालसम्म काठमाण्डौ महानगरपालिकामा ४३ हजार ६४८ मतगणना भइसकेको छ। जसमा बालेनले १७ हजार ३१ मत पाएका छन्। 

उता एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ८७६ मत र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत ल्याएकी छन्। यी दुवै उम्मेदवारको मत जोड्दा १६ हजार ८१७ हुन्छ। जुन बालेन हालसम्म प्राप्त गरेको मतभन्दा २१४ ले कम हो। 

पछिल्लो मत परिणामअनुसार बालेन स्थापितभन्दा ८ हनार १५५ र सिर्जनाभन्दा ९ हजार ९० मतान्तर अगाडि रहेका छन्।