काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । 

सानिमा क्यापिटलले एक समारोहका बीच आइपीओ बाँडफाँड गरेको हो । 

आवेदकमध्ये कुल २५ हजार २०० ले १० कित्ताको दरले सेयर पाएका छन् ।

स्पर्श लघुवित्तले फागुन १३ गतेदेखि १७ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये सर्वसाधारणका लागि २ लाख ५२ हजार कित्ता छुट्याइएको थियो । 

म्युचुअल फण्डहरुका लागि १३ हजार ४८२ कित्ता र स्पर्शका कर्मचारीका लागि ४ हजार १४८ कित्ता बाँडफाँड गरिएको छ । 

कुल ८१ लाख ३८ हजार ४४० कित्ता खरीदका लागि २ लाख ९८ हजार ९३८ जनाले आवेदन दिएका थिए । परेका आवेदनमध्ये ५८५ वटा रद्ध भएका थिए । 

यसरी हेर्दा २ लाख ९८ हजार ३५३ भ्यालिड आवेदकबाट ८१ लाख २२ हजार ९४० कित्ता माग भएको थियो । 

यो हिसाबले आइपीओ आवेदन दिएका भ्यालिड आवेदकमध्ये २ लाख ७३ हजार १५३ आवेदक रित्तो हात भएका छन् । 

स्पर्शको आइपीओ तपाईलाई पर्यो कि परेन ? रिजल्ट यस्तो छ: