काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार संस्थाका संचालक समिति अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व.२०७७÷०७८ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १.०२६३१६ प्रतिशतका दरले हुन आउने रकम ९ लाख ६२ हजार १ सय ५२ रुपैयाँ नगद लाभांश वापत (बोनश शेयरको कर प्रयोजनका लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी हाल कायम चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार १ सय ९० रुपैयाँको १९.५० प्रतिशतले हुन आउने १ करोड ८२ लाख ८० हजार ८ सय ९७ रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्त वित्तीय संस्थाको १(एक) कित्ता शेयर बराबर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ०.९०(शून्य दशमलव नौ शून्य) कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको बताइएको छ ।
नायब प्रबन्धक सुदिप आचार्यले संचालन गरेको सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
2 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago