काठमाण्डौ । नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हासिल गर्न सफल ब्रान्ड रिभरसङले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ। 

चीनको बहुर्राष्ट्रिय मोबाइल एक्सेसोरिज तथा वेरेबल उत्पादक रिभरसङ विश्व बजारमै पछिल्लो समयमा तीव्रताका साथ अगाडि बढिरहेको ब्रान्ड हो। विश्वका ६० भन्दा बढी देशहरुमा बिक्री–वितरण हुँदै आएको ब्रान्ड रिभरसङ नेपाली बजारमा प्रवेश गरेको चार महिनामै एक दर्जनभन्दा बढी मोडलका स्मार्टवाच तथा इअरबड्सहरु नेपाली बजारमा भित्र्याईसकेको छ। 

मोबाइल एक्सेसोरिज तथा वेरेवलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रुपमा स्थापित भएको केमियो इन्टरनेसनल प्रालिले आफ्नो दोस्रो ब्रान्डका रुपमा रिभरसङलाई नेपाली बजारमा ल्याएको हो।

रिभरसङ नेपालको मुख्यालय बागदरबारमा आयोजित एक विशेष कार्यक्रममा रिभरसङको नयाँ स्माटवाच मोटिभ सिक्स एस सार्वजनिक गरिएको हो। 

आयातकर्ता केमियो इन्टरनेसनलका अध्यक्ष उपेन्द्र साहले मुख्यालयमा रिभरसङ मोटिभ सिक्स एसको सार्बजनिक गर्दै यसका विशेषताहरु प्रस्ट्याए। मोटिभ सिक्स एसमा ५० भन्दा बढी फिटनेस ट्रयाकिङ अप्सन रहेका छन् भने यसको हर्ट रेट मनिटर निक्कै प्रिसाइज्ड रहेको कम्पनीले जानकारी दिएको छ। 

ब्लुतुथ कलिङ अप्सन रहेको यस स्मार्टवाचको अडियो क्वालिटीसमेत निक्कै उच्च रहेको रिभरसङ्को मोटिभ सिक्स एसको अधिकतम बिक्री मूल्य ६ हजार ४२५ रुपैयाँ तोकिएको छ।

आफ्ना सबै स्मार्टवाचमा एक वर्षको वारेन्टी प्रदान गर्ने रिभरसङले बिक्रीपश्चातको सेवालाई निक्कै चुस्त र प्रभावकारी बनाउँदै आएको छ। देशभरि छरिएर रहेका बिक्री केन्द्र र अनलाइनमा समेत उपलब्ध रिभरसङका उत्पादनहरुमा रहेको मूल्य र गुणस्तरीयताबीचको सन्तुलनले उपभोक्ता यस ब्रान्डप्रति आकर्षित भएका हुन् भने ग्राहक सेवामा केमियो इन्टरनेसनलले देखाएको तदारुकताले उपभोक्ताको मन सहजै जित्न सफल भएको देखिन्छ।