काठमाण्डौ । स्मार्ट सेल नेटवर्कले युवापुस्तामाझ आफ्नो लोकप्रियता बढाउँदै गइरहेको छ। सस्तो दरमा लामो टक टाइम र फास्ट इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको स्मार्ट सेल आफ्नो फास्ट फोरजी नेटवर्कका कारणले गर्दा डाटा चलाउन मन पराउनेहरुमाझ पहिलो रोजाईमा पर्दै आइरहेको छ।
सोही डाटा चलाउन मन पराउने ग्राहकका लागि भनेर स्मार्ट सेलले ल्याएको ‘स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान’ छ। यो डाटा प्लानआन्तर्गत मात्र रु. १९ मा ग्राहकले राति ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन्।
यो डाटा प्लानमा ग्राहकले फास्ट फोरजी नेटवर्कमार्फत सोसल मिडिया चलाउन, वेब सफरिङ गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनका लागि प्रयोग गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो योजनाले ग्राहकलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ। यो योजना सुचारु गर्न ८१४१००८३८४८१३ डाएल गर्नुपर्नेछ।
18 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago