काठमाण्डौ । नेपालमा टीभीएस टु ह्विलरको एकमात्र वितरक जगदम्बार मोटर्सले स्याङ्जाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। 

ग्राहकलाई टीभीएस मोटरसाइकल  तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो।

नयाँ शोरुममा उद्घाटन कार्यक्रममा बतास इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैँ प्रयासरत रहेको बताए। ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रुपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ थियो। 

टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको शर्माले बताए। 

कार्यक्रम स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो। त्यसक्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरीउपरीक्षक राजीवबहादुर बस्नेत, प्रहरीउपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायबउपरीक्षक राजेशलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका वडा नं. ३ र ४ का वडाध्यक्षलगायतको उपस्थिति थियो। 

जगदम्बा मोटर्स टीभीएसको एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ। आज टीभीएस उच्च गुणस्तरका उत्पादन, सुलभ बिक्रीपछि सेवा र देशभरका उपभोक्ताका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्रान्ड बनेको छ।